२०८१, ५ जेष्ठ शनिबार

शारीरिक शुगठनमा चार उपाधि सन्तोष तामाङलाई

डबली खबर     कार्तिक ६ २०७९ ०९:०२

iron game bodybuilding Macau santosh tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक शुगठन (बोडीबिल्डिङ) प्रतियोगितामा गोल्ड मेडलसहित अन्य तीन उपाधी जित्न सफल भएका छन् ।

@lovergym123

Hard work is never lost??

♬ original sound – ~?????⁷

अक्टोबर ११ मा मकाउ बोडीबिल्डिङ एसोसियशनको आयोजनामा मकाउमा भएको प्रतियोगितामा १७० क्लासिक फिजिक्स तथा उचाइमा गोल्ड मेडलसहित गोल्ड ट्रफी हात पारेका हुन् । मकाउ, चीन, फिलिपिन्स राष्ट्रका खेलाडीहरू सहभागी खेलमा उक्त उपाधि हात परेका हुन् ।

@lovergym123

Memory of gym 2022???

♬ Become a champion – TimTaj

यस्तै, ८० के.जी. तौलमा समुहमा तृतीय, अक्टोबर ९ मा मकाउ र चाइनाको संयुक्त आयोजनामा भएको आइरन गेम बोडीबिल्डिङ तथा फिट्नेस च्याम्पियनसीपको ८० के. जी. तौलमा चौथो, १७० क्लासिक फिजिक्स तथा उचाइमा तेश्रो स्थान प्राप्त गरेका छन् ।

सेप्टेम्बर १६ मा मकाउ र फिलिपिन्सको संयुक्त आयोजनामा फिलिपिन्स बोडीबिल्डिङ तथा फिट्नेस एसोिएसनद्वारा आयोजना भएको ७५ के. जी. तौलमा द्वितीय, १७० क्लासिक फिजिक्स तथा उचाइमा तृतीय स्थानको उपाधि प्राप्त गरेका छन्।

विदुर नगरपालिका-१३ कल्याणपुर घर भएका तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top