२०८०, ६ चैत्र मंगलवार

मैत्रीपूर्ण फुटसलमा तरुण दल विजयी

डबली खबर     श्रावण २८ २०७९ ०८:४१

tarun dal pipaltar futsal tournament winner
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अन्तर्राष्ट्रिय युवा दिवसमा जिल्ला युवा समिति नुवाकाोटको आयोजनामा जिल्लाका क्रियाशिल युवा संगठनका बीचमा शुक्रबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ ।

प्रतियोगिताको फाईनलमा तरुण दलले नेपाल युवा संघलाई ४-२ गोल अन्तरले हराउदै विजयी भएका हुन् ।

लिग चरणमा युवा संघ नेपालले स्वतन्त्र युवा संगठनलाई ५-० ले हराउदै फाईनल प्रवेश गरेको थियो । यस्तै, तरुण दलले ५-० गोल अन्तरले वाईसिएलललाई हराउदै फाईनल प्रवेश गरेको थियो ।

विजयी र उपविजयीलाई विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए ।

पिपलटार फुटसलमा भएको प्रतियोगितामा राष्ट्रिय प्रजातान्त्रिक युवा संघ, युवा संघ, राष्ट्रिय युवा संघ नेपाल, तरुण दल, राष्ट्रिय स्वतन्त्र पार्टि युवा संगठन र वाईसिएल गरी ५ समुहको सहभागिता रहेको जिल्ला युवा समिति नुवाकाेटका अध्यक्ष उद्दव पनेरुले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top