२०८१, १३ बैशाख बिहीबार

एनयुएफसी फुटसलको उपाधी दुवै अर्किड एकेडेमीलाई

डबली खबर     असार २५ २०७९ २०:५२

nuwakot united football futsal tournament
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय फुटसलको उपाधी अर्किड एकेडेमीले हात पारेको छ।

शनिबार भएको छात्रातर्फ फाइलनमा सोभिनियर बोर्डिंङलाई १ गोलअन्तर र छात्रतर्फ च्वाड़ी माध्यमिक विद्यालयलाई २ गोल अन्तरले हराउँदै दुवै विधामा अर्किडले उपाधि उचालेको हो ।

छात्रातर्फको खेलमा अर्किडकी विपना तामाङको एक गोलनै निर्णायक गोल बन्यो । छात्रतर्फ अर्किडकै सन्देश केसी र सञ्जाेन कोइरालाले १/१ गोल गरे । खेलमा च्वाडी माविका जर्सी नम्बर ३३ नम्बरका खेलाडीले फल गरेबापत एक पहेंलो कार्ड प्राप्त गरे ।

विजेता र उपविजेतालाई विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष बुद्धि प्रधान र नुवाकोट फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारले संयुक्तरुपमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।

सेमिफाइनलमामा छात्रातर्फ सुभेनियरले जेडी बोर्डिंङलाई २-१ र अर्किडले स्पार्कललाई १-० गोलअन्तरले हराउदै फाइनल पुगेको थियो । यस्तै, छात्रतर्फ च्वाड़ीले नेशनल बेथल एकेडमीलाई १-० र अर्किडले सुभेनियरलाई ५-१ गोलअन्तरले हराउदै फाइनल पुगेको थियो ।

प्रतियोगितामा अनुसाशित टिम जेडी बोर्डिंङ स्कूल उत्कृष्ट घोषित भए । उत्कृष्ट गोलरक्षक अर्किडका विज्ञान रिमाल (छात्र) र सुभेनियरका प्रकृति राई (छात्रा), सर्वाधिक गोलकर्तामा सञ्जाेन कोइराला (छात्र) र बिपना तामाङ (छात्रा) घोषित भए ।

शुक्रबार र शनिबार दुई दिन भएको प्रतियोगितामा जिल्लाका निजि तथा सामुदायिक २४ विद्यालयका ३५ छात्र समुह र ६ छात्रा समुहले सहभागिता लिएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोईरालाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top