नुवाकोट – वडाकप फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर सात समुह “ए” विजयी भएका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं ७ को आयोजनामा भएको वडास्तरीय फुटबलमा खेलको फाईनलमा वडा नम्बर ७ ‘ए’ ले वडा नम्बर १२ समुहलाई २-० ले अन्तरले हराउँदै विजयी भएका हुन् । खेलमा दुवै गोल विजयी समूहका दिलबहादुर राईले गरेका छन् ।
जरुवाबगर खेलमैदानमा भएको खेलमा विजयी र उपविजयी समुहले नगद पुरस्कार रु. ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, विजयी र उपविजयी समूहलाई बेलकोटगढी नगरपालिकाको तर्फबाट नगद ३० हजार र २० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

विजयी समुहलाई प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनलमा वडा नं ७ ‘ए’ ले वडा नं ९ लाई ५-० र वडा नं १२ ले वडा नं ७ ‘बी’ लाई ट्राइब्रेकरमार्फत ४-३ गोल अन्तरले पराजित गर्दै दुवै विजयी समुह फाईनल प्रवेश गरेको थिए ।
प्रतियोगिता अवधिभरमा उत्कृष्ट खेलाडी वडा नं ७ ‘ए’ का रमेश लामा, उत्कृष्ट गोलरक्षक वडा नं १२ का भुवन राई,
उत्कृष्ट डिफेन्डर वडा नं ७ ‘बी’ का वरिस्ठ तामाङ र अशोक राई उच्च गोलकर्ता घोषित भएका छन् । विधागत खेलाडीहरुले जनही नगद पुरस्कार ५ हजार प्राप्त गरेका छन्।
न्यू भिजन युथ क्लबको सहायोजनामा भएको प्रतियोगितामा नगरपालिकाका आठ वडा समूहले सहभागीता जनाएका थिए ।
प्रतिक्रिया