विदुर – जिल्ला भलिबल संघ नुवाकोटको अध्यक्षमा सुबास पाण्डे पुन: चयन भएका छन् ।
शनिबार भएको संघको पाँचौं अधिवेशनले पाण्डेको अध्यक्षमा नौ सदस्यीय कार्य समिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा द्वय ईश्वरमानसिं डंगोल र विक्रम थापा, महासचिवमा बविन श्रेष्ठ र कोषाध्यक्षमा राजकुमार शाहि चयन भएका छन् ।
यस्तै, सदस्यमा दिनेशकुमार गुरुङ, दिप श्रेष्ठ, निर्मला अधिकारी र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया