२०८१, १३ बैशाख बिहीबार

नुवाकोटे टाईगर एमालेमा प्रवेश

डबली खबर     बैशाख २ २०७९ १९:४२

nuwakote tiger
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका छन् ।

शुक्रबार नेकपा एमाले नुवाकोटको जिल्लास्तरीय बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले टाईगरसहितका अन्य चार खेलाडीहरुको समूहलाई माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ बाट टाईगरसहित नेपाल पौडी लाईफ सेभिङका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय पौडी खेलाडी राजेन्द्र बखती, रेस्लर प्रदिप पाण्डे ‘साइन’ र महेश बस्नेत नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।

यस्तै, पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका पूर्वउपसभापति तथा पूर्ववडाध्यक्ष यमबहादुर थापा पनि नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top