२०८१, १३ बैशाख बिहीबार

२०४९ को जिविस चुनावलाई केलाउँदा

विश्वमित्र खनाल     चैत्र २८ २०७८ ०८:३२

journalist bishwomitra khanal nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

स्थानीय निर्वाचनको घोषणा भई दलहरु गठबन्धनको नारा दिएर गाँउ पस्न थालि सकेका छन् । गठबन्धनको नाममा आफ्ना पार्टी पंक्तिलाई पेल्दा र राम्रालाई नभई हाम्रालाई रोज्दा निर्वाचनमा अर्कै पासा पल्टिन कुनै पनि बेर लाग्दैन भन्ने एउटा सानो उदाहरण यस आलेखमा उतार्ने जमर्को गरेको छु ।

२०४९ सालको स्थानीय निर्वाचनमा नुवाकोटमा जिल्ला विकास समिति चयन गर्न कुनै पनि राजनीतिक दलको एक्लौटी बहुमत पुगेन । नुवाकोटमा पञ्चातकालदेखि निरन्तर चलि आएको अर्जुननरसिंह केसी, जीतसिंह खड्का, गणेश पण्डित र डा. प्रकाशचन्द्र लोहनी खेमाका राजनीति त्यस समयमा पनि कायमै थियो । कलेवरमा दलगत राजनीति भएपनि नुवाकोटमा समूहवादी राजनीति नै हावी थियो ।

पञ्चातकालमा अर्जुननरसिंह केसी समर्थित प्रायः सबै जसो नेता–कार्यकार्ताहरु नेपाली काँग्रेसमा, जीतसिंह खड्काका अधिकांश नेता कार्यकर्ता राप्रपामा, डा. प्रकाशचन्द्र लोहनी समर्थित नेता कार्यकार्ताहरु राप्रपा र एमालेमा वाँढिएका थिए भने गणेश पण्डित समर्थित एमाले र जनमोर्चा तिर लागेका थिए ।

२०४६ सालको परिवर्तनपछि २०४७ साल कार्तिक २३ गते वनेको संविधान अनुसार २०४८ को आम–निर्वाचनमा ३ नम्बर क्षेत्र रहेको नुवाकोटमा नेकपा एमाले, नेपाली काँग्रस र राप्रपाले एक–एक सिट विजय हाँसिल गरेका थिए । निर्वाचित सांसदहरुलाई उनीहरुकै आफ्ना पुराना कार्यकर्ताहरु वाहेक आफ्नै दलका अन्य खेमाका कार्यकर्ताहरुको असहयोग थियो । यस्तै वातावरणका बीच भएको २०४९ सालको स्थानीय निर्वाचनमा दलहरु भित्र रहेका आफ्ना दलगत असन्तुिष्टहरु छताछुल्ल भए ।

तत्कालिन व्यवस्थामा स्थानीय निर्वाचनमा प्रत्येक गाविसवाट ३६ गाँउ–सभासद्, ९ वडाध्यक्ष तथा गाविस अध्यक्ष र उपाध्यक्ष गरि कुल ४७ जना निर्वाचित हुन व्यवस्था विद्यमान थियो । स्थानीय निकायको निर्वाचन परिणामले नुवाकोटमा जिल्ला विकास समिति गठन गर्न कुनै पनि दलको एकल बहुमत पुगेन ।

जिल्ला विकास समिति चुनावका लागि जिल्ला स्तरमा राप्रपा र एमालेले गठबन्धन वनायो । राप्रपाले जिल्ला सभापति र एमालेले बहुमत जिविस सदस्यसहित उपसभापति पदमा गठबन्धन गरेर उम्मेदवारी दियो । राप्रपामा जितसिंह खड्का समूह रोक्न र अर्जुननरसिंह केसीसंग विगतमा घनिष्ठ सम्बन्ध रहेका तत्कालिन राप्रपा जिल्ला अध्यक्ष धनराज खड्कालाई प्रकाशचन्द्र समूहले राप्रपाको तर्फबाट सभापति पदको उमेदवार बनायो । धनराज खड्काको उम्मेदवारी घोषणासंगै काँग्रेस आफ्नो पराजयमा निश्चितै थियो । तर, उम्मेदवारी दिनैपर्ने बाध्यताका कारण मुकुुन्दराज सिटौलालाई सभापति र महेन्द्र थिङतामाङलाई उपसभापतिको उम्मेदवार बनायो ।

मदनमानसिंह खड्कालाई आफनो उत्तराधिकारी बनाउदै सभापतिका प्रत्यासी वनाउन जीतसिंह खड्का चाहन्थे, जस्मा प्रकाशचन्द्र लोहनीले भाँजो हाले । राप्रपामा जितसिंह खड्का समर्थित वहुमत प्रतिनिधिहरुले स्थानीय निकायको चुनाव जितेर आएका थिए । तर, उनीहरुलाई राप्रपामा पाखा लगाउने काम भयो ।

परिणामतः जीतसिंह खड्का समूहले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय ग-यो । तत्कालिन समयमा अर्जुननसिंह केसी समूहसंग जीतसिंह खड्का समूहका वार्ता हाम्रै विदुरको घरमा पनि भएको थियो । मैले पनि त्यो वार्तालाई नजिकवाट नियाल्ने अवसर पाएको थिए । अन्ततः जीतसिंह समूहसंग नजिक रहेका गाविसहरु उर्लेनी, लच्याङ, वालकुमारी र अन्य गाविसका प्रतिनिधिहरुले काँग्रेसलाई मत दिए ।

हार्ने टिकट पाएका मुकुन्दराज सिटौला र महेन्द्र थिङतामाङले जिविस सभापती र उपसभापतिमा वाजि मारे । आफ्नो दलमा मात्र नभई विपक्षी दलका नेता कार्यकर्ताहरुसंग समेत राम्रो सम्वन्ध वनाएका कारण नेकपा एमालेको स्पष्ट वहुमत भएको क्षेत्रमा पनि जिविस सदस्य पदमा नेपाली काँग्रेसका विष्णुप्रसाद अधिकारी जो सठियाँ विष्णु नामले परिचित थिए ।

तर, रुखमा भोट हालेका राप्रपाबाट निर्वाचित ति जनप्रतिनिधिहरु पछि फर्केर राप्रपामा गएनन्, काँग्रेसमै रहे ।

जीतसिंह खड्काले अर्जुननसिंह केसी र डा. रामशरण महतलाई साक्षी राखि आफ्ना कार्यकताहरुलाई रुखमा भोट हाल्न निर्देशन दिए । परिणामतः काँग्रसले जिविसमा विजयी हाँसिल ग-यो । तर, रुखमा भोट हालेका राप्रपाबाट निर्वाचित ति जनप्रतिनिधिहरु पछि फर्केर राप्रपामा गएनन्, काँग्रेसमै रहे । त्यसैको बलमा डा. रामशरण महतले नुवाकोट क्षेत्र नं २ बाट २०५१ को मध्यावधि निर्वाचनमा पहिलो पटक विजयी प्राप्त गरेर त्यहीबाट २०५६, २०६४ र २०७० मा लगातार साँसद भइरहे ।

एकपटक आफ्ना कार्यकर्तालाई अरु पार्टीमा भोट हाल्न लगाएपछि ती फर्केर आउँछन् भन्ने कुनै ग्यारेण्टी हुदैन । तसर्थ, अहिले गठबन्धनको नाममा काँग्रेसले आफ्ना कार्यकर्तालाई अरु दलमा मत हाल्न निर्देशन दिनु कतै आत्मघाती त हुदैनरु आफ्नै दल भित्रकालाई पेल्ने र वाहिरकालाई स्थान दिँदा परिस्थीति कावु बाहिर पनि जान सक्छ ।

काँग्रेसले नुवाकोटमा जिल्लाको निर्णयलाई वेवास्ता गर्दै केन्द्रवाट पेलेर राम्रालाई भन्दा पनि हाम्रालाई च्याप्ने चलन चलाएको छ । राम्रा र लोकप्रियलाई नभई हाम्रालाई टिकट दिँदाजित सुनिश्चित भएको स्थानमा गत २०७४को स्थानीय निर्वाचनमा काँग्रेसले नुवाकोटमा केही स्थानीय निकाय गुमाएकै हो ।

गठबन्धनको नाममा राम्रालाई पाखा लगाउँदै, स्थानीयस्तरको सिफारिसलाई वेवास्ता गरेमा अहिलेको अनुकुलस्थितिमा पनि नुवाकोटमा काँग्रेसलाई साख जोगाउन गाह्रो पर्न जान सक्छ ।

जिल्लाको वस्तुस्थिति गतिलो रुपमा थाहा नपाएका र केन्द्रमा सेवा गरेको भरमा केन्द्रीय नेतृत्वमा मनोनित भइरहने र कहिल्यै संसदीय निर्वाचन नलड्ने र लडे पनि लज्जास्पद हार व्यहार्नेहरुको टिकट वितरणमा विगतमा जस्तै यसपालि पनि हालिमुहाली रहने हो भने नुवाकोटमा २०४८को परिणति नदोहरिएला भन्न सकिन्न । गठवन्धनको नाममा राम्रालाई पाखा लगाउदै, स्थानीय स्तरको सिफारिसलाई वेवास्ता गरेमा अहिलेको अनुकुल स्थितिमा पनि नुवाकोटमा काँग्रेसलाई साख जोगाउन गाह्रो पर्न जान सक्छ ।

स्थानीयस्तरमा निकै सक्रियता अपनाएको प्रमुख प्रतिपक्षि दल नेकपा एमाले पनि कमजोर भुगोलमा छैन अहिले । सत्तारुढ दलको यस गठवन्धनले एमालेलाई झनै बलियो बनाएको जनमानसमा संकेत देखिन्छ । जसरी २०४८को स्थानीय निर्वाचनमा भारी वहुमतका साथ जित सुनिश्चित भएको समूह नै खेल मैदानवाट बाहिरिनु परेको थियो । नुवाकोटमा त्यो स्थिति फेरी नदोहरिएला र जिल्लामा नयाँ राजनीतिक समिकरणको उदय नहोला भन्न सकिन्न ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top