२०७९, २१ मंसिर बुधबार

खड्गभञ्याङ्ग महिला साना किसान कृषि सहकारी भवन शिलान्यास

डबली खबर     चैत्र १४ २०७८ १७:०१

khadagabhanjyang mahila krishi sahakari
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – विदुर नगरपालिकाबाट विनियोजित रकमबाट खड्गभञ्याङ्ग महिला साना किसान कृषि सहकारी भवन शिलान्यास गरिएको छ ।

सोमबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले वडा नम्बर ३ सिर्खालीमा रहेको सहकारीको भवनको गरेका शिलान्यास हुन् । सहकारीको सञ्चानार्थमा रहेको तरकारी सङ्कलन केन्द्रको लागि आवश्यक सहयोग गरिने मेयर पण्डितले प्रतिबद्धता जनाएका छन् ।

संस्थाको भवन निर्माणको कुल लागत रकम २० लाख रूपैंयाँ रहेकोमा नगरपालिकाबाट भवन निर्माण र तरकारी संकलन केन्द्रको लागि १७ लाख रूपैंयाँ र सहकारीले थप ३ लाख रूपैंयाँ विनियोजन गरिएको सहकारीका अध्यक्ष मैनादेवी दाहाल रिमालले जानकारी दिईन् ।

दुईआना अनि तीन दाम जग्गामा बन्ने चारकोठे भवनमा सहकारीको प्रशासनिक र सहकारीद्वारा सञ्चालित तरकारी संकलन केन्द्र सञ्चालन गरिने बताईन् । सहकारीका सदस्यहरुले उत्पादन गरेको कृषि उपज सामाग्रीहरु संकलन गरी बजार व्यवस्थापन गर्ने उनले बताईन् ।

सहकारीले महिलाहरुलाई दीगो जीवन विकास आत्मनिर्भरता, सहकारीमा सरल पहुँच, कृषि व्यवसायमा जोखिम न्यूनीकरण र सहजीकरण गर्दै मानवीय जीविकोपार्जनको लागि साना तथा मध्यम लगानीमा टेवा पुर्‍याउदै आईरहेको छ ।

०७६ सालमा स्थापित भएको सहकारीमा ५७० शेयरसदस्य रहेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top