२०८१, ७ बैशाख शुक्रबार

संगमचोकमा पशु चिकित्सकसहित फार्मेसी

डबली खबर     फाल्गुन २६ २०७८ १५:०३

pharms pharmacy nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – निजी लगानीमा भेटेनरी सेवासहित पशु चिकित्सक सेवा दिने उद्देश्यका साथ फार्मर्स भेट फार्मेसी सञ्चालनमा आएको छ ।

बट्टारको संगमचोकमा सञ्चालनमा आएको फार्मेसीमा गुणस्तरीय दाना, चल्ला तथा अन्य उपकरण सहज र सुलभ मूल्यमा उपलब्ध हुने जनाएको छ ।

फार्मेसीले दाना, चल्ला, औषधी र चिकित्सकको सेवा जिल्लामा उपलब्ध गराएपछि पोल्ट्री व्यवसायबाट थप फाइदा लिन सक्नेसमेत सञ्चालक केशवराज थापाले बताए ।

प्रयोगशाला पशु जाँच रोग तथा औषधी उपचार, ह्याचरी तथा फार्म निरिक्षण, नयाँ फार्म योजनाको लागि आर्थिक मूल्यांकन तथा परियोजना प्रस्ताव समेत सेवा सुविधा उपलब्ध हुने उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top