२०७९, ३ भाद्र शुक्रबार

सामाजिक कार्यमा डा. भिमलाल तामाङ, २० जना किसानलाई बाख्रा वितरण, १०५ विद्यार्थीलाई शैक्षिक सामाग्री

डबली खबर     फाल्गुन २५ २०७८ २१:१४

goat distribution GFN
Diyo Pathshala Montessori

नुवाकोट – जनता समाजवादी पार्टि (जसपा) नेपालका केन्द्रिय सदस्य डा. भिमलाल तामाङ लामो समयदेखि विभिन्न सामाजिक कार्य गर्दै आईरहेका छन् । यसै सिलसिलामा जिल्लाका विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाका केहि क्षेत्रहरुमा किसानलाई बाख्रा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

नेपालका असल मित्रहरु संस्थाको जि.एफ.एन. परोपकारी परियोजना अन्तर्गत तारकेश्वर गाउँपालिका-२ सिम्लेमा बाख्रा वितरण गरिएको नेता तामाङले जानकारी दिए । बीस जना किसानहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उक्त बाख्रा वितरण गरिएको उनले बताए ।

बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै नेता तामाङले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह समेत गरे । व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका र तालिम आवश्यक रहेकोले यसमा पहल गरिने उनले बताए ।

उनले तार्केश्वर गापा-४ दर्शनटारमा रहेको गौरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको लागि जनही दुईहजार ५०० रुपैंयाँका दरले छात्रवृत्ति प्रदान गरेका छन् । साथै उनले विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेका छन् । वितरण गरिएको सामाग्रीमा शिक्षणलाई आवश्यक पर्ने सेतोपाटी (ह्वाइटबोर्ड), मार्कर, बल, ब्याडमिन्टन, खानेपानीको पाइप लगायतका सामाग्रीहरु रहेका छन् ।

तारकेश्वर गापा बगुवास्थित शहीद प्रशंसा आधारभूत विद्यालयका २५ जना विद्यार्थीहरु र दर्शनटारमा रहेको गौरेश्वर आधारभूत विद्यालयका ५३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । यस्तै, विदुर नगरपालिका-७ तुप्चे सन्धीखर्कको रत्न आधारभूत विद्यालयका २७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

लाइन्स क्लब अफ काठमाडौं बनस्थलीको सहकार्यमा वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा कलम, कापी, ईरेजर, सार्पनर लगायतका सामग्री वितरण गरेका छन् ।

जसपाका नेता डा. तामाङद्वारा स्वास्थ्य सामाग्री वितरण

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top