२०८१, १३ बैशाख बिहीबार

हिंसारहित समाजको सिर्जना गर्नु आजको अपरिहार्य- उपप्रमुख दाहाल

डबली खबर     फाल्गुन २४ २०७८ १८:०९

Gita Kumari Dahal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहालले समाज हिंसारहित समाजको सिर्जना गर्नु आजको अपरिहार्य रहेको धारणा राखेकी छिन् ।

आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विदुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

समाजमा महिला हिंसा मात्र नभई पुरुष हिसांलाई पनि अन्त्य गर्दै हिंसारहित समाज बनाउनुपर्ने जरुरी रहेको उनको भनाई थियो ।

“नगरपालिकाले नगर क्षेत्रभित्रका महिलाहरुलाई अघि बढाउनको लागि आर्थिक, सामाजिक, राजनीतिक र शारीरिक गरी चार किसिमको सशक्तीकरणका कार्यक्रमहरु गर्दै आईरहेको छ”, उनले भनिन् “महिलाले दैनिक जीवनबाट माथि उठेर सशक्तीकरणको अवधारणलाई पहिल्याउदै समय व्यवस्थापनसँगै आफुलाई पनि परिवर्तन गर्दै लाग्नुपर्ने छ।”

“संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि त्यसको अधिकार प्राप्तिको लागि महिलाहरु एक भइ लाग्नुपर्ने छ ।”

नगरपालिकाले गर्ने विकास निर्माण तथा अन्य कार्यमा महिला सहभागितालाई जोड दिदैं जाने र धेरैभन्दा धेरै महिलाहरुलाई उद्यमी बनाएर आयआर्जनको पाटोमा अघि बढाउन लागि परिरहेको उनले बताईन् ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दिन देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top