२०८१, १४ बैशाख शुक्रबार

पिपलटारका किसानलाई तीन दिने पशुपालन तालिम

डबली खबर     फाल्गुन २३ २०७८ २०:०९

domestic animal nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-५ पिपलटारका किसानलाई पशुपालनबाट उद्यमशिलता प्रवर्द्धन गर्न तालिम आयोजना भएको छ । निर्वाहमुखी ढंगले सञ्चालन भईरहेको पशुपालनलाई ब्यवसायिक बनाउन जोड दिदै तालिम सञ्चालन भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका कृषि तथा पशुपंक्षि मन्त्री इन्द्रमाया गुरुङले तालिमपछि व्यवसायिक ढंगले पशुपालन गर्न जोड दिईन् । कृषिप्रधान मुलुक भएर पनि नेपालमा पशुजन्य वस्तुको आयात बढ्दो भएकोले व्यवसायिक पशुपालन गरेर दुग्धपदार्ध तथा मासुमा आत्मनिर्भर बन्न सके आयात प्रतिस्थापन गरी व्यपार घाटा न्युनिकरण गर्न उनले बताईन् । 

परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा सञ्चालित तीन दिने तालिममा २४ जना पशुपालक किसानहरु सहभागी थिए । तालिममा डा. सनम महर्जन सहजीकरण गरेका थिए ।

सहभागी किसानहरुले पशुपालन तालिमबाट स्वदेशमा बसेर पनि राम्रो आम्दानी गर्न सकिने र आफूले गरिरहेको कामलाई व्यावसायिक रुपमा अगाडि बढाउन तालिम सफल भएको बताएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top