२०७९, २१ मंसिर बुधबार

कार्यविधिले अल्पक्षेत्रका व्यक्तिहरुलाई समेट्न सकेको छैन- उपमयेर दाहाल

डबली खबर     फाल्गुन १५ २०७८ १७:३९

gita kumari dahal bidur nuwakot
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका कार्यविधि, नियमावलीले अल्पक्षेत्रका व्यक्तिहरुलाई समेट्न नसकिरहेको विदुर नगरपालिकाका उपमयेर गीताकुमारी दाहालले बताएकी छिन् ।

आईतबार अपाङ्गता मानव अधिकार मञ्चको समन्वयमा भएको स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चाररकर्मीहरुका लागि समावेशी बिपद् जोखिम न्यूनीकरण सम्बन्धि दुईदिने अभिमुखीकरण कार्यक्रम उपमेयर दाहालले उक्त भनाइ राखेकी हुन्। उच्च जोखिममा रहेको क्षेत्र र वर्गहरुलाई बिपदको समयानुकुलतालाई हेरेर पुर्व तयारीमा जुट्नु जरुरी रहेको बताईन् । विदुर नगरपालिकाले पनि आफ्नो तर्फबाट भइपरि आउने बिपद न्यूनीकरणको लागि आवश्यकीय पुर्व तयारी अवस्थामा रहेको जानकारी दिईन् । बिपदको समयमा राहत, पुर्वप्राथमिकता उपचार तथा थप अन्य क्षेत्रगत विषयको आपतकालीन अवस्थामा परिचालनको लागि यस कार्यक्रमले थप टेवा पुर्याउने बताईन् ।

कार्यक्रम भूकम्प प्रभावित नगरपालिकाहरुमा स्वास्थ्य क्षेत्र तथा समुदाय उत्थानशिलता सुदृढीकरणा परियोजना अन्तर्गत ह्याण्डीक्याप इन्टरनेशनल र विदुर नगरपालिको सहयोगार्थमा सञ्चालन भएको अपाङ्गता मानव अधिकार मञ्चका प्रमुख लोचन भट्टराईले जानकारी दिए ।

दुईदिने अभिमुखीकरण कार्यक्रममा महेन्द्र बिक्रम शाह, प्रितम प्रसाई, प्रज्वल गिरी, कुश्माकर न्यौपाने, सुष्मिता पोखरेल र रामशरण थापा लगायतले सहजिकरण गरेका छन् ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top