२०८०, १६ चैत्र शुक्रबार

भरतपुरमा बर्ड–फ्लु, पुष्टि भएसँगै ५ हजार कुखुरा नष्ट गरियो

डबली खबर     फाल्गुन १२ २०७८ १७:२५

Birdflu Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भरतपुर महानगरपालिका-८ स्थित एक पोल्ट्री फर्ममा पालिएका ५ हजार कुखुरा नष्ट गरिएको छ । महतो पोल्ट्री इन्डस्ट्रिजद्वारा सञ्चालित उक्त फर्ममा पालिएका कुखुराहरुमा बर्ड-फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सो फर्मको कुखुरा केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो ।

फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपाने जानकारी दिए । फर्मलाई शिल गरी नजिकै रहेको एक मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उनले जानकारी दिए ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्ड–फ्लुु देखिएको थियो ।

केन्द्रले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top