२०७९, २६ श्रावण बिहीबार

शिवपुरी वडाकप फुटबल हुदैं

डबली खबर     फाल्गुन ६ २०७८ ०७:२२

Shivapuri Ward Cup Football Nuwakot
Diyo Pathshala Montessori

नुवाकोट – शेराबगर विकास समाजको आयोजनामा प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता यहि फागुन १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ ।

लिगकम नकआउट नाइन ‘ए’ साइड ढाँचामा खेलाईने प्रतियोगितामा गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडाले मात्र सहभागिता लिएका छन् । प्रतियोगिताको समूह ‘ए’ मा ३ वटा वडा र समूह ‘बी’ मा ४ वटा वडा रहेका छन् ।

शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालन हुने सो प्रतियोगिता स्थानीय रंगशालामा प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय हुनले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याचले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, डिफेन्डर, मिड फिल्डर, फरवार्ड लगायतले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

शिवपुरी गाउँपालिकाका विभिन्न वडामा रहेका खेलाडीहरुको पहिचान, उनीहरुको क्षमता अभिवृद्धि, खेलको माध्यमबाट गाउँपालिका र शिवपुरी रंगशालाको प्रचारप्रसारको लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top