२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा थप १२ संक्रमित

डबली खबर     फाल्गुन ३ २०७८ १६:२१

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा थप १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला ४ र पुरुष ८ जना रहेका छन् ।

त्रिशुली अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप १२ जनामा कोरोना देखिएको हो । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३ जना र बेलकोटगढी नगरपालिकाका १ जना रहेका छन् । यस्तै, सङ्क्रमित हुनेमा सुर्यगढी गाउँपालिकाका ४ जना, किस्पाङका ३ जना र तादीका १ जना रहेका छन् ।

योसँगै जिल्लामा ७१ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु अस्पतालमा ५ जना आईसियुमा १ जना, अस्पतालमा ५ जना र कोभिड वार्डमा ४ जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा १ जना र होम आइसोलेसनमा ६६ जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ५७६ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top