२०८१, १३ बैशाख बिहीबार

चौथो नागिन कपको उपाधी नवस्टारलाई

डबली खबर     फाल्गुन १ २०७८ ११:४२

nagin cup football nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – चौथो नागिन कपको उपाधी नवस्टार युवा क्लबले जितेको छ ।

शनिबार भएको फाईनल खेलमा नवस्टार युवा क्लबले रुद्राक्ष युवा क्लबलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोल मात्र भएको थियो । बराबरीमा खेलपछि ट्राइबेकरमा नवस्टारले रुद्राक्षमाथि जित हासिल गरेका हुन् ।

प्रतियोगितामा विजयी क्लबलाई ८१ हजार उपविजेता टिमलाई ४१ हजार नगद प्राप्त गरे ।

नागिनथान युवा क्लबको आयोजनामा भएको प्रतियोगीताका विजयी टीमका खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य एवम् सांसद बहादुरसिंह लामाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

गत पुस २३ गतेदेखि सुरु भएको प्रतियोगितामा नुवाकोट र धादिङ जिल्लाको २६ वटा टीमले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top