विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ७९ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ८ हजार ४६४ पुगेको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोमबार नुवाकोटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा महिला २१ र पुरुष ३५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
योसँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ४३३ जना पुगेको छ । जसमा संक्रमितहरु आईसियुमा ३ जना, अस्पतालमा १३ जना र कोभिड वार्डमा १० जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा ३ जना र होम आइसोलेसनमा ४१७ जना रहेका छन् ।
तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ९४९ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया