२०८१, १२ बैशाख बुधबार

थप ११ जना संक्रमणमुक्त

डबली खबर     माघ १० २०७८ १३:१४

dabalikhabar omicron covid coronavirus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा ११ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेमा ८ हजार ३६३ पुगेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोमबार नुवाकोटमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा महिला २८ र पुरुष ५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३९ जना र बेलकोटगढी नगरपालिकाका ६ जना रहेका छन् । यस्तै, सङ्क्रमित हुनेमा लिखु गाउँपालिकाका १४ जना, तादीका ९ जना, शिवपुरीक ७ जना, सुर्यगढीका ३ जना र पञ्चकन्या, किस्पाङ र तारकेश्वरका १/१ जना रहेका छन् ।

योसँगै जिल्लामा ३९२ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु आईसियुमा २ जना, अस्पतालमा ६ जना र कोभिड वार्डमा ४ जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा ४ जना र होम आइसोलेसनमा ३८२ जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ८०७ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top