२०८१, ७ बैशाख शुक्रबार

नुवाकोटमा थप ७४ संक्रमित

डबली खबर     माघ ५ २०७८ १३:५७

corona update bidur municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा थप ७४ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला ४० र पुरुष ३४ जना रहेका छन् ।

त्रिशुली अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ७४ जनामा कोरोना देखिएको हो । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २८ जना र बेलकोटगढी नगरपालिकाका ७ जना रहेका छन् । सङ्क्रमित हुनेमा लिखु गाउँपालिकाका २७ जना, सुर्यगढीका ५ जना, दुप्चेश्वरका ३ जना, तारकेश्वरका २ जना र तादी र किस्पाङ गाउँपालिकाका १/१ जना रहेका छन् ।

योसँगै जिल्लामा १७७ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु आईसियुमा १ जना, अस्पतालमा ५ जना र कोभिड वार्डमा ४ जना उपचारत रहेका छन् । साथै आईसोलेसन सेन्टरमा १ जना र होम आइसोलेसनमा १७१ जना रहेका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ५७६ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top