२०८०, १५ चैत्र बिहीबार

रसुवामा थप १३ सङ्क्रमित

डबली खबर     माघ ४ २०७८ १६:५९

rasuwa cororavirus map
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा रसुवा जिल्लामा १३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा कालिका गाउँपालिकाका ९ जना, उत्तरगया गाउँपालिकाका ३ जना र गोसाइँकुण्ड गाउँपालिकाका १ जना रहेका छन् । योसंगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २८ पुगेको छ । सङ्क्रमित बिरामी सबैजना होम आईसोलेसन रहेका छन् ।

जिल्लामा १ हजार ३४२ जना सङ्क्रमित रहेका छन् । कुल ४ हजार ८८७ जनाको कोरोना परीक्षण गरिएकोमा अहिलेसम्म १ हजार ३३१ जना सङ्क्रमित भइ निको भएको छ ।

रसुवामा कोरोनाभाईरसका कारण हालसम्म दुईजनाको ज्यान गएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top