२०८१, ११ बैशाख मंगलवार

नुवाकोटमा कोरोनाग्राफ उक्लिदै, थप ४४ संक्रमित

डबली खबर     माघ ४ २०७८ १३:२९

coronagraph nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा त्रिशुली अस्पतालका चिकित्सकसहित ४४ जना कोरोना संक्रमित भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १५ र पुरुष २९ जना रहेका छन् ।

त्रिशुली अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ४४ जनामा कोरोना देखिएको हो । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३२ जना र बेलकोटगढी नगरपालिकाका १ जना रहेका छन् । सङ्क्रमित हुनेमा लिखु गाउँपालिकाका ६ जना, पन्चकन्या र तारकेश्वरका २/२ जना र म्यागङ गाउँपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा १०५ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु अस्पतालमा ४ जना, कोभिड वार्डमा ४ जना र होम आइसोलेसनमा १०१ जना रहेका छन् । सङ्क्रमित बिरामीको स्वास्थ्य सामान्य रहेको छ ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ५०२ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top