+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कोरोनाग्राफ उक्लिदै, थप ४४ संक्रमित

coronagraph nuwakot
डबली खबर
४ साल अगाडी

विदुर – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा त्रिशुली अस्पतालका चिकित्सकसहित ४४ जना कोरोना संक्रमित भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १५ र पुरुष २९ जना रहेका छन् ।

त्रिशुली अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ४४ जनामा कोरोना देखिएको हो । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३२ जना र बेलकोटगढी नगरपालिकाका १ जना रहेका छन् । सङ्क्रमित हुनेमा लिखु गाउँपालिकाका ६ जना, पन्चकन्या र तारकेश्वरका २/२ जना र म्यागङ गाउँपालिकाका १ जना रहेका छन् ।

योसँगै जिल्लामा १०५ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा संक्रमितहरु अस्पतालमा ४ जना, कोभिड वार्डमा ४ जना र होम आइसोलेसनमा १०१ जना रहेका छन् । सङ्क्रमित बिरामीको स्वास्थ्य सामान्य रहेको छ ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ५०२ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ