२०८१, ११ बैशाख मंगलवार

पुल निर्माण गर्न सार्वजनिक सुनुवाइ

डबली खबर     पुष १९ २०७८ १२:३३

trishuli bridge nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुलीमा नयाँ पुल बन्ने पुलको विषयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ भएको छ ।

६० मिटर लम्बाइको पुल निर्माण स्थलमै आयोजना गरिएको सार्वजनिक सुनुवाइमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जित, राजनैतिक दलका प्रतिनिधि, स्थानीय लगायतको उपस्थित थियो ।

पुल निर्माणको वातावरणीय अध्ययन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित हुने स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलनको लागि सार्वजनिक सुनुवाइ गरिएको वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले बताए ।

०१७ सालमा निर्माण गरिएको पुल जिर्ण भएको र स्तरउन्नोत्तर गर्दा बस्तिलाई असर गर्ने भएकोले बिकल्पको रुपमा नयाँ स्थान सरस्वती मन्दिर नजिकै पुल निर्माण गर्न लागिएको हो। तीन वर्ष अवधि भित्र बन्ने उक्त पुलको लागत कुल लागत ७ करोड ९९ लाख ५४ हजार ८०० (भ्याटसहित) रुपैंयाँमा रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top