२०८०, १६ चैत्र शुक्रबार

जिल्ला लिगको उपाधि नुवाकोट युनाईटेडलाई

डबली खबर     पुष १७ २०७८ १७:३८

nuwakot united football club winner
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जिल्ला लिग फुटबलको उपाधि नुवाकोट युनाईटेड फुटबल क्लबले जितेको छ ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा न्यू स्टार क्लबलाई ३-१ गोल अन्तरले हराउँदै नुवाकोट युनाईटेड च्याम्पियन भएको हो । पहिलो हाफमा २-१ ले अग्रता लिएको क्लबले दोस्रो हाफमा थप एक गोल गर्दै उपाधि चुमेको हो ।

लिग विजेता नुवाकोट युनाईटेडले नगद रु ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता न्यूस्टारले नगद रु २५ हजारसहित ट्रफी हात पारेको छ । फाईनल खेलमा नुवाकोट युनाईटेडका जर्सी नम्बर १० का सन्तोष थापा उत्कृष्ट खेलाडी घोषित भए । खेलमा नुवाकोट युनाईटेडले दुईवटा र न्युस्टारले एकवटा पहेंलो कार्ड पाए ।

सेमीफाइनलमा नुवाकोट युनाईटेडले न्यु भिजन युवा क्लबलाई १-० हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै, न्युस्टारले तप्त युथ क्लबलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताभरमा अनुसाशित टिममा न्यू स्टार क्लब घोषित भए । सर्वाधिक गोलकर्ता नुवाकोट युनाईटेडका साईन नगरकोटी, उत्कृष्ट गोल रक्षक नुवाकोट युनाईटेडका बिक्की बहादुर तामाङ र नुवाकोट युनाईटेडकै रामकाजी कुमाल उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट हुने खेलाडीहरुले जनही तीन हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

जिल्ला फुटबल संघ नुवाकोटले आयोजना गरेको प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको थियो ।

विजेताले काभ्रेमा हुने प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सहभागिता जनाउने नुवाकोट एन्फाका अध्यक्ष दिपक चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top