विदुर – नुवाकाेट जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा न्यूस्टार क्लब र नुवाकोट युनाईटेड फुटबल क्लब प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा न्युस्टारले तप्त युथ क्लबलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै फाईनल यात्रा तय गरेको हो । खेलको पुरा समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइ ब्रेकरमा गएको थियो ।
आजै भएको दोस्रो सेमीफाइनलमा नुवाकोट युनाईटेड फुटबल क्लबले न्यु भिजन युवा क्लबलाई १-० हराउँदै फाइनल प्रवेश गरे । पहिलो हाफमै एक गोलले अग्रता लिएको नुवाकोट युनाईटेडको लागि खेलको निर्णायक गोल रह्यो ।
पहिलो सेमीफाइनलमा न्युस्टारका पिकेश लोक्तम र दोस्रो सेमिफाइनलको खेलमा नुवाकोट युनाईटेडका रामकाजी कुमाल म्यान अफ दि म्याच खेल्दै घोषित भए ।
फाइनल खेल भोलि पुष १७ गते शनिबार दिउँसो १ बजे नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।
प्रतिक्रिया