२०७९, २८ श्रावण शनिबार

बुधसिंघाटमा बाख्रापालन तालिम सम्पन्न

डबली खबर     पुष १५ २०७८ १९:२०

goat poultry training
Diyo Pathshala Montessori

नुवाकोट – विदुर नगरपालिका-३ को बुधसिंघाटमा पाँच दिने व्यावसायिक बाख्रापालन तालिम सप्पन्न भएको छ ।

नगरपालिकाको उद्योग विकास शाखाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा मैरीटारका १५ जनाको सहभागिता रहेको थियो ।

३ नम्बर वडा कार्यालयको समन्वयमा सम्पन्न भएको तालिम समापन समारोहमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विदुर नगरपालिका ३ वडा नम्बरका वडा सदस्य प्रदिप घिमिरेले तालिममा सिकेका ज्ञान र सीपले व्यावसायिक बाख्रापालनमा सहज हुनुको साथै प्राथमिक भेटेनरी उपचार घरमै गर्न सके आर्थिक भारमा समेत न्यूनीकरण हुने बताए ।

तालिममा व्यावसायिक बाख्रापालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गराईएको थियो । यस्तै, तालिममा बाख्राको लागि सन्तुलन आहार, बहुपोषक ढिका, नियमित खोप लगायत बाख्रा पालन गर्दा आइपर्ने समस्या र रोगहरु नियन्त्रण सम्बन्धि प्रशिक्षण गराईएको थियो ।

तालिममा नगरपालिकाकका पशु तथा भेटेनरी शाखाका डा. सनम महर्जन, प्राविधिक रामेश्वर प्याकुरेल र विष्णुप्रसाद रिजालले सहजीकरण गरेका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top