२०८१, १५ बैशाख शनिबार

जिल्लास्तरीय नकआउट फुटबलको उपाधी न्यु स्टारलाई

डबली खबर     पुष १ २०७८ १६:१५

district league football 1
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी न्यु स्टार क्लब जितेको छ। नुवाकोट फुटबल संघको आयोजनामा भएको लिग छनौट खेलको फाईनल खेलमा न्यु स्टार क्लबले म्यागङ गाउँपालिका युथ क्लबलाई १-० ले पराजित गर्दै उपाधी जितेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलको पहिलो हाफमा न्यु स्टारका जर्सी नम्बर ७ का इन्द्र बस्नेतले एक गोल गरे । उनले गरेको गोल नै खेलको निर्णायक गोल भयो । म्यागङ क्लबले टस जितेर खेल सुरु गरेको थियो ।

न्यु स्टारको लागि प्रतिक लामा र म्यागङको लागि अजय वाईबाले कप्तानी भूमिकाले खेलेका थिए ।

न्यू स्टारले सेमीफाईनलमा बट्टार युथ क्लबलाई १-० र म्यागङले गद्खार युथ क्लबलाई २-१ गोलले पाखा लगाउँदै फाईनल प्रवेश गरेको थियो ।

विदुर नगरपालिका उपमेयर गीताकुमारी दाहालले विजयी टीमलाई ट्रफी र प्रमाणपत्र वितरण गरिन् ।

प्रतियोगिताको फाईनलमा प्रवेश गरेका दुवै टिमले गतवर्ष सम्पन्न भएको भएको जिल्ला लिगको अन्तिम ८ मा परेका क्लबहरुसँग प्रतिष्पर्धा गर्नेछ । जिल्ला लिग यहि पुष ७ गतेदेखि शुरु हुने नुवाकोट फुटबल संघले जनाएको छ ।

प्रतियोगितामा सहभागी भएका ११ क्लबहरुलाई दुई समुहमा विभाजन गरि नकआउट प्रतिष्पर्धा गराइएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top