+
Search

ताजा अपडेट +

पपुलर +

ओमिक्रोन संक्रमणबाट एकको मृत्यु

dabalikhabar omicron covid coronavirus
डबली खबर
४ साल अगाडी

काठमाडौं – बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ। प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको बताएका छन्।

जोनसनले नयाँ भेरियन्टको संक्रमण देखिएका सबैलाई अस्पतालमा भर्ना गरिएको बताउँदै खोपको बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेका छन्। प्रधानमन्त्री जोनसनले यो महिनाको अन्त्यसम्ममा देशका सबै वयस्कहरूलाई खोपको बुस्टर डोज उपलब्ध गराउने लक्ष्य राखेको बताए। उनले भने, ‘ओमिक्रोनका केसहरू जुन गतिमा बढिरहेका छन्, मानिसहरूले यसलाई पहिचान गर्न आवश्यक छ। यो भेरियन्टलाई हल्का रुपमा नलिनुस्।’

स्वास्थ्य मन्त्री साजिद जाविदले ओमिक्रोनका २० प्रतिशत केसहरू बेलायतमा रहेको भन्दै केही संक्रमितलाई अस्पतालमा भर्ना गरिएको बताए।

बेलायतमा सोमबार ५४ हजार ६६१ नयाँ कोरोना भाइरसका घटना दर्ता भएका छन् भने २८ दिनभित्र ३८ जनाको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोनका ४ हजार ७१३ केस पुष्टि भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ