२०८१, १३ बैशाख बिहीबार

पञ्चकन्यामा तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता हुने

डबली खबर     मंसिर २३ २०७८ १४:४६

panchakanya third chairman volleyball 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा अन्तरपालिका स्तरीय तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता पञ्चकन्या गाउँपालिकाको पुरानीडाँडामा हुने भएको छ।

खेल र खेलाडीबाट सिकौं अनुशासन र स्वाभिमान, समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान भन्ने मूल नाराकाका साथ पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको कालिका माध्यमिक विद्यालयको खेलमैदानमा हुने भएको छ।

यही मंसिर २९ गतेदेखि पौष ३ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका सबै तहको खेलाडीहरुको सहभागिता रहने पञ्चकन्या गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।

खेलमा विजेता हुने प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः एकलाख, ७५ हजार, ५० हजार र १५ हजार नगदराशीसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने खेल व्यवस्थापक राजकुमार शाहीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top