+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाद्वारा साग पदक विजेतालाई सम्मान

dabali khabar player awared 2078
डबली खबर
४ साल अगाडी

नुवाकोट – १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई विदुर नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।

समग्र नुवाकोट जिल्ला र नगरपालिकाको नाम उच्च राख्न सफल भएकोमा बुधबार आयोजित कार्यक्रममा नगरपालिकाले पदक विजेता छ खेलाडीलाई पुरस्कृत गरेको हो ।

नगरपालिकाले १३औं सागका स्वर्ण पदक विजेतालाई ५० हजार, रजत विजेतालाई ४० हजार र काँस्य पदक विजेता खेलाडीलाई जनही ३० हजार नगद पुरस्कार प्रदान गरेको हो।

सम्मानित हुनेमा साइक्लिङतर्फ लक्ष्मी मगर (स्वर्ण), भारोत्तोलनतर्फ अस्मिता राई (रजत), तेक्वान्दोतर्फ कृष्णबहादुर तामाङ (रजत), तरबारतर्फ अञ्जु तामाङ (रजत), जुडोतर्फ सञ्जिव डङ्गोल (रजत) र तेक्वान्दोतर्फ रेजिन रिमाल (कास्य) रहेका छन् ।

पदक विजेता खेलाडीलाई नगरप्रमुख सञ्जु पण्डित, नगर उपप्रमुख गीताकुमारी दाहाल, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र प्रमुख प्रशासकीय अधिकारी मोहनप्रसाद मरासनीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ