२०८१, १३ बैशाख बिहीबार

अष्ट्रेलियामा आजदेखि अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रवेशमा रोक, नेपाली विद्यार्थी प्रभावित

डबली खबर     मंसिर १५ २०७८ १४:३८

Study in Australia
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रवेशमा रोक लगाएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अन्तराष्ट्रियले विद्यार्थीलाइ प्रवेशमा रोक लगाएको हो। सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबारदेखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरिएन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए । पछिल्लो समय यी देशमा अध्ययनका लागि सम्पूर्ण प्रक्रिया सकेर उडानको तयारी गरिरहेका हजारौं नेपाली विधार्थी प्रभावित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top