२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा एचआईभीका बिरामी कोरोनाबाट १ को मृत्यु, ३ सङ्क्रमित

डबली खबर     मंसिर १५ २०७८ १३:५९

hiv aids nuwakot trishuli plus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आज विश्व एड्स दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । एचआईभी/एड्स यौन सम्पर्कको माध्यमबाट सर्ने भएकोले यो एक प्रकारको यौनजन्य (प्रसारित) संक्रमण हो । स्वास्थ्यकर्मीहरू प्रत्येक व्यक्तिले यस एचआईभीको संक्रमणबारे पूर्णरूपमा थाहा पाएर राख्नु नितान्त आवश्यक रहेको बताउँछन् ।

३४औं विश्व एड्स दिवसको अवसरमा त्रिशुली प्लसद्वारा विदुरमा आयोजित एक कार्यक्रममा त्रिशुली प्लसका संस्थापक अध्यक्ष अच्युत सिटौलाले नुवाकोटमा एचआईभीका बिरामी कोरोनाबाट एक जना मृत्यु भएको प्रारम्भिक तथ्यांक प्रस्तुत गरेका छन् । यस्तै, थप तीन जना कोरोना संक्रमित भएका छन् भने अहिले पूर्ण रुपमा कोरोनामुक्त भएका छन्।

एचआईभी/एड्सबाट बच्नका लागि जनचेतना नै महत्वपूर्ण रहेको सिटौलाले बताए । पहिलेको तुलनामा एचआईभी/एड्स संक्रमितहरुको संख्यामा कमी आएको बताउँदै अझ यसलाई निर्मुल पार्नका लागि सबैको समन्वयात्मक भूमिका आवश्यक रहेको बताए । पछिल्लो समय एआरटी औषधिसमेत बिरामीहरुले नियमित खाइरहेको हुँदा सुधार आएको उनले बताए ।

तथ्यांकअनुसार हाल नुवाकोटमा महिला ८५, पुरुष ८९ र बालबालिका १० जना एचआईभी सङ्क्रमित रहेका छन् । त्रिशुली प्लसको एचआईभीका बिरामीको लागि १२ बेड क्षमता भएको कम्युनिटी केयर सञ्चालनमा छ ।

विश्व एड्स दिवसको अवसरमा  राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ सय ५४ जनालाई एचआईभी संक्रमण भएको जनाएको छ। सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने योजना बनाइएको छ। पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top