२०७८, २२ मंसिर बुधबार
election office notice 2021

​टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

डबली खबर     कार्तिक ९ २०७८ १७:२५

t20 worldcup
bidur tax
SEBON

काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा भइरहेको छ । दुबईमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु भइरहेको छ ।

समूह–१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शारजाहमा हुने खेल नेपाली समयअमुसार राति ७ः४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो । सोमबार भएको एक मात्रै खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top