२०८१, १३ बैशाख बिहीबार

म्यागङ कप फुटबलको उपाधी स्टारलाई

डबली खबर     कार्तिक १ २०७८ ०५:४७

mygang football cup nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दोस्रो म्यागङ कप फुटबल प्रतियोगिताको उपाधी आयोजक स्टार एल. जी युवा क्लब जितेको छ।

म्यागङ गाउँपालिका वडा नं ३ देउरालीको क्लबको आयोजनामा सोमबार भएको फाईनल खेलमा आयोजक स्टार क्लबले सामरी युथ क्लबलाई १-० ले पराजित गर्दै उपाधी जितेको हो । स्टार क्लबका तेजबहादुर तामाङले खेलको २१ औ मिनेटमा फ्रि किकमार्फत गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगिताका विजेतालाई नगदराशी ५० हजार तथा उप विजेतालाई २० हजार पुरस्कार प्राप्त गरे ।

म्यागङ गाउँ पालिका प्रमुख आशा तामाङले विजयी टीमलाई पुरस्कार तथा मेडल, ट्रफी र प्रमाणपत्र वितरण वितरण गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी स्टार क्लबका तेजबहादुर तामाङ र उत्कृष्ट गोलरक्षक सामरी युथका जीवन तामाङ घोषित भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top