+
Search

ताजा अपडेट +

पपुलर +

क्लबस्तरिय फुटबलमा काेलनी युथ सर्कल विजयी

winner colony youth circle
डबली खबर
४ साल अगाडी

नुवाकोट – लामीबगैंचा सामाजिक युवा क्लबको आयोजना भएको क्लबस्तरिय फुटबलको फाईनल खेलमा काेलनी युथ सर्कलले विजयी भएका छन् ।

असोज १५ देखि संचालित क्लबस्तरिय फुटबल लिगकम नकआउटका आधारमा खेलाईएको प्रतियाेगितामा काेलनी युथ सर्कलले गड्खार जन जागरण युवा क्लब लिखुलाई ०-३ गाेल अन्तरले पराजित गरेको हो ।

विजेताले ४१ केजि खसी र उपविजेता गड्खारले २२ केजिकाे बोका प्राप्त गरेको छन् । दुवैले पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता, उपविजेता र विधागत विजेताहरुलाई विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पुरस्कार वितरण गरे ।

स्थानीय क्लबको आयोजनामा जिल्लाभरका ९ टिमको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ