२०८१, १३ बैशाख बिहीबार

क्लबस्तरीय फुटबल : उद्घाटन खेलमा लामीबगैंचा विजयी

डबली खबर     आश्विन १५ २०७८ २१:३०

Lami Bagaincha Football 2078 Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शुक्रबारदेखि सुरु भएको क्लबस्तरिय नकआउट फुटबल प्रतियाेगितामा आयोजक लामीबगैंचा सामाजिक युवा क्लबले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा लामीबगैंचाले तारुका युवा क्लबलाई ४–० ले पराजित गरेको हो ।

खेलमा बिजेता टिमका जर्सि नम्बर १० का आकाश रानामगर म्यान अफ दि म्याच घाेषित भए । खेलमा रानामगरले ३ गाेल गर्दै ह्याट्रिक गरेका थिए भने विनाेद तामाङले १ गाेल गरेका थिए ।

यससँगै लामीबगैंचाले ३ अंक जोडेको छ ।

उद्घाटन खेलमा प्रमुख अतिथि नुवाकाेट जिल्ला फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले एन्फा रेफ्री रामकुमार काेईरालालाई बल हस्तान्तरण गरेर प्रतियाेगिताकाे उद्घाटन गरिएकाे थियाे ।

असाेज २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले २५ हजार बराबरको खसी र द्वितीय हुनेले १५ हजार बराबरको खसी प्राप्त गर्ने आयाेजक क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए । पुरस्कारसहित विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा नौ टिमको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख आतिथि उपाध्यक्ष पनेरुले फुटबल खेलबाट खेलाडीलाई नुवाकोटको उच्चस्तरीय खेलाडी बनाउनको लागि स्थानीय स्तरबाट बलियो बनाउदै लैजानु पर्ने बताए ।

प्रतियोगितामा स्थानीयबासी तथा खेलसँग सम्बन्धित व्यक्तिहरुबाट आर्थिक सहयोग भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top