२०८१, १४ बैशाख शुक्रबार

गुगल फेमिली लिंक अभिभावकको लागि फाईदाजनक

डबली खबर     भाद्र २७ २०७८ १४:१२

google family link
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

आफ्ना बालबालिकाले फोन वा ट्याब्लेटमा इन्टरनेट के कस्ता भिडियो, फोटो हेरिरहेका छन्? कस्ता गतिविधि गरिरहेको छ? के कस्ता एप राखेका छन्? भनेर थाहा पाउन अभिभावकको लागि “गुगल फेमिली लिंक” एप फाईदाजनक हुन्छ ।

गुगलले २०१७ मार्चमै ल्याएको गुगल फेमिली लिंक एपले आफ्ना बालबालिकाले इन्टरनेट गतिविधि हेर्न, एपको प्रयोगमा सुरक्षित राख्न र अनावश्यक लिंक हटाउनको अभिभावकले सक्नेछन ।

यस एपको माध्यमबाट परिवारका सदस्यहरुको उमेर समुहअनुसारको एप, भिडिओ, इन्टरनेट ब्राउजिङ, गुगल सर्चलगायतका गतिविधिहरुलाई नियन्त्रण गर्न सक्दछ ।

यस एपको सहयोगले अनावश्यक फोटो, भिडीओ लगायतका गतिविधिलाई नियन्त्रण गर्न मद्दतको साथै आफ्ना बालबालिकाको इन्टरनेट गतिविधि दैनिक, साप्ताहिक वा मासिक रिपोर्ट हेर्न सकिने छ ।

एपमार्फत इन्टरनेट सर्च, युट्युब सर्च, लोकेसन, एपको दैनिक समयावधि निर्धारण गर्न सक्ने छन् ।

बालबालिकाले स्वयम् नयाँ एप राखेमा त्यसको बारेमा अभिभावकलाई इमेलमा जानकारी गराउने वा प्रमाणीकरण गराउने सुविधा रहेको छ। अनावश्यक एपको पहुँच हटाउन पनि अभिभावकले आफ्नो मोबाइलबाट हटाउन सक्ने छन् ।

गुगल फेमिली लिंकले कसरी काम गर्दछ?

  • गुगल फेमिली लिंक एप अभिभावकले लागि डाउनलोड गर्नुपर्ने छ ।
  • Family Link Child and Teen एप अभिभावकले लागि डाउनलोड गर्नुपर्ने छ ।
  • एन्ड्रोइडको लागि “प्लेस्टोर” वा आईफोनको लागि “एप स्टोर” बाट डाउनलोड गर्नुपर्ने छ ।
  • त्यसपछि अभिभावक र परिवार सदस्यको गुगल खाता जोडि एपको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top