+
Search

ताजा अपडेट +

पपुलर +

जसपामा १३२ जना प्रवेश

Janata Samajbadi Party
डबली खबर
४ साल अगाडी

विदुर – नुवाकोट जिल्लामा विभिन्न पार्टी परित्याग गरि एकसय ३२ नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

केन्द्रिय परिषद सदस्य राजन बमको सक्रियतामा विभिन्न स्थानीय तहबाट करिब एकसय कार्यकर्ताहरु प्रवेश गरेका हुन।

जसपा प्रवेश गर्नेमा विदुर नगरपालिकाबाट २२ जना र बेलकोटगढी नगरपालिकाबाट २ जना प्रवेश गरेका छन् । यस्तै, म्यागङ गाउँपालिकाबाट ६५ जना, किस्पाङबाट १२ जना, तारकेश्वरबाट ६ जना र लिखुबाट २५ जना जसपा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई जसपा महासचिव राजेन्द्र श्रेष्ठले खादा ओढाएर स्वागत गरेका छन् ।

कार्यक्रम पूर्व मोटरसाइकल र्याली गरिएको केन्द्रिय परिषद सदस्य बमले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ