२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

ग्लोबल आइएमई बैंकको सुलभ विद्युतिय सवारी कर्जा

डबली खबर     भाद्र १० २०७८ १४:४५

global bank
pratik book and stationery center in nuwakot

काठमाडौं । ग्लोबल आइएमई बैंकले चाडपर्वलक्षित अटो एक्स्प्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । बैंकले प्रिमियमसहित ७ दशमलव २९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने गरी योजना सार्वजनिक गरेको हो ।

बैंकको उक्त योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top