२०८१, ६ बैशाख बिहीबार

ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

डबली खबर     भाद्र १ २०७८ ०७:५८

global-ime-ban-deputy-CEO-surendraraj-regmi
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् ।

करिब ३ दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।,
रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गरिरहेका छन् ।

रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका थिए । बैंकिङ क्षेत्रसँग सम्बन्धीत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top