२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

कृषकलाई पशु सुत्केरी भत्ता

डबली खबर     श्रावण १९ २०७८ १४:१३

cow milking
pratik book and stationery center in nuwakot

नुवाकोट – किस्पाङ गाउँपालिकाले कृषकलाई पशुपालन व्यवसायमा प्रोत्साहित गर्दै दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले पशु सुत्केरी भत्ता वितरण अभियान सुरु गरेको छ ।

गाउँपालिकाले पहिलो बेदको सुत्केरी पशुलाई ५ हजार तथा दोस्रो बेद र त्यसपछिका सुत्केरी पशुलाई ३ हजार भत्ता दिँदै आएको छ । पहिलो बेदमा जन्मिएको पाठी उही कृषकले पालनपोषण गरेर सुत्केरी भएको छ भने पालिकाले २० हजार सुत्केरी भत्ता दिने गरेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दूध उत्पादनलाई प्राथामिकतामा राखी पशु सुत्केरी भक्ताको समेत व्यवस्था गरेपछि अहिले झण्डै ५० जना कृषकले व्यावसायीकरूपमा पशुपालन गरी मासिक ३० र ४० हजारसम्म आम्दानी गरिरहेको छ ।

तीन वर्षअघि गाउँपालिकाले दलित तथा एकल महिलालाई प्राथमिकतामा राख्दै ४० जनालाई पशुपालन व्यवसायका लागि ४० हजार रुपियाँ अनुदान सहयोग गरेको थियो । अहिले पनि पशुपालन व्यवसाय गर्न चाहने किसानलाई पालिकाले गाई तथा भैंसी खरिदका लागि ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ ।

गाउँपालिकामा दुग्ध उत्पादन वृद्धि तथा पुश पालक कृषकलाई प्रोत्साहित गर्न पशु आहार व्यवस्थापनका लागि बीउ वितरण गरी बहुवर्षे घाँसहरुको विकास गर्न थालिएको छ । पशुको सुरक्षाका लागि पशु सुत्केरी भक्ता, पशुको स्वास्थ्यका लागि विशेष सहयोग, घाँस उत्पादनका लागि बीउ वितरण जस्ता कार्यक्रमले कृषकहरु उत्साहित बनेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top