२०८१, १४ बैशाख शुक्रबार

“सुरक्षित र गुणस्तरीय हेल्मेट रोजौं”- किरण भट्ट

सुनिल श्रेष्ठ     श्रावण १ २०७८ १७:४९

owner kiran bhatta standing in helmets showroom nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा महँगा मोटरसाइकल मात्र होइन, महँगा र स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ । नुवाकोट बजारमा पनि विभिन्न आकार, प्रकारका साथै बजेट अनुसारको हेल्मेट उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो रुचि, आय र मोटरसाइकल अनुसारको हेल्मेटको छनोट गर्छन् ।

करिब पाँचवर्ष अगाडीदेखि विदुर नगरपालिका वडा नम्बर ४, दम्कीमा हेल्मेट पारखीहरुको लागि खोलिएको हेल्मेट शोरुम – हेल्मेट त्रिशुली। बजारकै मागअनुसार नेपालमै उत्पादित हेल्मेटको साथै भारत, इटाली, थाईल्याण्ड लगायत अन्य देशमा उत्पादित हेल्मेटको साथै हेल्मेट एसोसरिज सामाग्रीहरु पनि शोरुममा उपलब्ध रहेको छ ।

सुरक्षाका लागि मात्र नभई देखावटी देखिन पनि आकर्षक हेल्मेटको क्रेज बढ्दो छ । स्टाइलिस देखिने सबै हेल्मेट राम्रा हुँदैनन् । बजारमा उपलब्ध हेल्मेट सर्टिफाइड हो कि होइन ? मापदण्ड अपनाएर उत्पादन भएको हो कि होइन ? र, आधिकारिक कम्पनीको हो कि होइन ? यी सबै पक्षलाई मध्यनजर गर्दै हेल्मेट छनोट र खरीद गर्नुपर्ने हेल्मेट त्रिशुलीका सञ्चालक किरण भट्ट बताउँछन् ।

“नुवाकोटमा मोटरसाइकल चालकहरुलाई हेल्मेट सम्बन्धि ज्ञानको कमि छ । लाखौको मोटरसाइकल खरिद गर्छन् तर हेल्मेट भने कम मुल्य र कम गुणस्तरकै रोज्छन्”, उनले भने “सबै ग्राहकहरुलाई मूल्यभन्दा गुणस्तर र सुरक्षित हुने हेल्मेटनै रोज्न आग्रह गर्दै आईरहेका छौं । यसो गर्दा मार्केटिङ गरेको भन्छन् तर हामीलाई हेल्मेट बिक्री गर्नुभन्दा पनि ग्राहकको सुरक्षामा ध्यान दिएका छौं।”

बजारमा हाल बिक्री भइरहेको र प्रयोगमा भएका कुनै पनि हेल्मेट गुणस्तरयुक्त नभएको हेल्मेट नै बढी प्रयोगमा छ। हेल्मेटको जुनबेला काम आउनुपर्ने हो, त्यही बेला नै फुस्कने गरेको पाइन्छ । सहजै फुट्ने वा फुस्किने हेल्मेट गुणस्तरहीन हो । यद्यपी हेल्मेटले दुर्घटनाबाट हुने ८० प्रतिशत जीवन सुरक्षा गर्ने विज्ञहरुले बताएका छन् । मोटरसाइकल हेरेर मात्र हेल्मेट खरिद नगरी सुरक्षा दिने र गुणस्तर भएको हेल्मेटको खरिद गर्न उनले आग्रह गरे ।

knr-helmet-house-in-trishuli-nuwakot

नुवाकोटमा सर्टिफाइड र सुरक्षित गुण भएका करिब ३० हजार मुल्यभन्दा माथिको हेल्मेटहरु पनि प्रयोग गर्ने मोटरसाइकल चालक छन् । कोहि ग्राहकहरु मोटरसाइकल खरिद गर्दा कम्पनीले दिने साधारण हेल्मेट मै लगाईरहेका छन् । कोहि ग्राहकहरु जीवनशैली र आर्थिक अवस्थाअनुसार महँगाकासाथै सुरक्षित हेल्मेट खरिद गर्दछन् । यस्ता हेल्मेट खरिद गर्नेहरुमा युवापुस्ता अगाडी छन् तर सबैमा हेल्मेटको बारेमा पूर्ण ज्ञान भने छैनन् ।

“नुवाकोटका शहरी क्षेत्रमा मात्र प्रायले हेल्मेट लगाएको देखिन्छ भने ग्रामिण क्षेत्र वा ट्राफिक नभएको स्थानमा भने हेल्मेट लगाउन झन्झट मान्दछ त्यसैले हेल्मेट भनेको ट्राफिक छल्नको लागि लगाउने भन्दा नि आफ्नो जीवन सुरक्षाको लागि लगाउनु पर्दछ ।”

करिब तीन हजारभन्दा माथिका हेल्मेटहरुले दुर्घटनाबाट केहि हदसम्म सुरक्षा प्रदान गर्दछ । हेल्मेटको जीवन दुई वर्ष हुन्छ, अहिले आएर मोटरसाइकल चालकहरुले हेल्मेट फेर्ने चलन छ । पुराना हेल्मेटमा रोगहरुको संक्रमण बढी हुने गर्दछ । त्यसैले हेल्मेटलाई दुईदेखि तीनवर्षमा फेर्नु सुझाव दिए । अहिले नयाँ आएका केहि हेल्मेटहरु घरमै धुन मिल्ने किसिमले बनेको छ, प्रविधियुक्त छ । यात्रामै मोबाइलमा कुरा गर्न सकिने, गन्तव्य पहिचान लगायतका सुविधाहरु रहेको बताउँछन् ।

हेल्मेट खरिद गर्दा हेल्मेटमा हुनुपर्ने सेल, भाइजर, प्याडिङ, पट्टा र क्लीपको साथै आईएसओ तथा नेपाल स्ट्याण्डर्ड, पिनलक प्रणाली, साईज, तौल र मूल्यमा ध्यान दिनुपर्ने सञ्चालक भट्टले सुझाव दिएका छन् ।

हेल्मेट त्रिशुलीमा डिजिटल भुक्तानीको सुविधा रहेको छ । हेल्मेट तथा हेल्मेट एसोसरिज सामाग्रीहरुको खरिद गरेपछि ग्राहकले क्युआर कोड स्क्यान तथा पिओएस क्रेडिट कार्ड स्वापमार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top