२०७८, ९ माघ आईतवार

थप ४० जना सङ्क्रमित

डबली खबर     असार १५ २०७८ १३:५२

corona update new 20730315
nuwakot trishuli graphic web media service 2020

विदुर – पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७४६ पुगेको छ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार ४४ जनाको नमूना पीसीआर र ३९ को एन्टिजेन परीक्षणमा २९ पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नुवाकोटमा कोरोना भाइरसको संक्रमित सङ्ख्या ५ हजार ३८६ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

जिल्लामा तथ्यांकअनुसार पहिलो चरणमा १ हजार १४५ र दोस्रो चरणमा ४ हजार २४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप निको हुनेमा ८६ जना रहेको छ ।

पहिलो चरणमा जिल्लाबाट नै कोरोना भाइरस परिक्षण गरि संक्रमण पुष्टि भएका मध्ये १ जनाको मृत्यु भएको थियो दोश्रो चरणमा ३४ जनाको मृत्यु भइसकेको छ ।




Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top