+
Search

ताजा अपडेट +

पपुलर +

पिसिआर रिपोर्ट अनलाईनमै

trishuli hospital pcr report online service provided to patient
डबली खबर
४ साल अगाडी

नुवाकोट – त्रिशुली अस्पतालमा स्वाब परीक्षण गरिएको रिपोर्ट अब अनलाईनबाटै थाहा पाउने भएको छ ।

शुक्रदेखि अस्पतालको पिसिआर ल्याबमा स्वाब परीक्षण दिएको नतिजा घरमै बसेर पूर्ण रुपमा हेर्न सकिने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए । अनलाईनबाटै स्वाब परीक्षण नतिजाको सिटी अथवा ‘साइकल थ्रेसहोल्ड’ को भ्यालु(अंक) के कति छ भनि मोबाईलमै हेर्न सकिने छ भने प्रिन्ट समेत गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

ल्याब इन्चार्ज तथा माइक्रो बायोलिस्ट ज्ञानेश्वर थारुकाअनुसार स्वाब दिएका बिरामीहरुको सम्पर्क नम्बरमा रिपोर्टको नतिजा एसएमएसबाट पठाइन्थ्यो । अहिले अस्पतालले एसएमएसमा पूर्ण विवरण हेर्न वेबसाईटको लिंक पठाईने व्यवस्था गरिएको उनले बताए । त्यस लिंकको माध्यमबाट मोबाईलमै पूर्ण रुपले नतिजा हेर्न सकिने छ ।

अहिलेसम्म अस्पतालको स्वाब परीक्षण ल्याबबाट १५ हजार ३०७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रारम्भिक पीसीआरको सी.टि. भ्यालु अनुसार आइसोलेसनमा बस्ने समय अवधि :

१. प्रारम्भिक सी.टि. भ्यालु १५-१६ हुँदा: आईसाेलेसन अबधि चार हप्ता
२. प्रारम्भिक सी.टि. भ्यालु २०-२१ हुँदा : आईसाेलेसन अबधि तीन हप्ता
३. प्रारम्भिक सी.टि. भ्यालु २४–२५ हुँदा : आइसोलेसन अबधि दुइ हप्ता
४. प्रारम्भिक सी.टि. भ्यालु ३०-३१ हुँदा : आइसोलेसन अबधि एक हप्ता।

पी.सी. आर. को रिपोर्टमा भाइरसको मात्रा सी.टि.भ्यालु ले जनाउँदछ । सी.टि. भ्यालु थोरै हुँदा भाइरसको मात्रा धेरै हुन्छस सी.टि. भ्यालु धेरै हुँदा भाइरसको मात्रा थोरै हुन्छ ।

पी.सी आर. को रिपोर्ट निगेटिभ हुनलाई सी.टि. भ्यालुको कट ऑफ़ बिन्दु जांच गरिने किट अनुसार ३६ देखि ४० सम्म हुन्छ । सामान्यतया सी.टि. भ्यालु ३०-३२ हुँदा भाइरसको मात्रा घटिसकेको हुन्छ ।

शरीरको प्रतिरक्षात्मक शक्तिले काम गर्दा एक सप्ताहमा सामान्यतया पाँच युनिट सी.टि. भ्यालु घट्छ र यसरि सुरुमा जाँचको रिपोर्टमा सी.टि. भ्यालु २०-२१ भएको खण्डमा पहिलो हप्ता पछि २४-२५ हुन्छ, दोस्रो हप्तामा ३०-३१ र तेस्रो हप्तामा ३५-३६ हुन जांच र २१ -२२ दिनमा पी.सी आर. को रिपोर्ट निगेटिभ आउँछ।

यहाँ सामान्यतया भन्नाले केही अपबादमा यो समय घटबढ हुन सक्छ, त्यो उमेर, लिंग, शरीरको प्रतिरक्षात्मक शक्ति, एन्टी भाइरल औषधिको प्रयोग, फोक्सोको स्थीति, अरु रोगहरु इत्यादिमा भर पर्दछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ