२०८१, ८ बैशाख शनिबार

त्रिशुली अस्पताललाई आइसियु बेड

डबली खबर     असार ७ २०७८ १८:४२

nuwakot japan society donate icu bed to trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट समाज जापानले त्रिशुली अस्पताललाई तीन थान आइसियु बेड लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

समाजले विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित र वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकारको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने मार्फत ३ वटा आइसीयू बेड, ३ थान मनिटर, अक्सिमिटर, सिरिञ्ज पम्प, पिपिई सेट, मास्क र पन्जा लगायका अन्य सामग्रीहरु उपलब्ध गराएको छ ।

नुवाकोटबाट जापान गइ विभिन्न रोजगारमा संलग्नमा युवाहरुको सक्रियतामा १६ लाख ९५ हजार १०० रुपैयाँ संकलनबाट विभिन्न स्वास्थ्य सामाग्री खरिद गरी अस्पतालाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष हरि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top