२०८०, १५ चैत्र बिहीबार

लम्बियो निषेधाज्ञा, असार १५ गतेसम्म थप

डबली खबर     असार ७ २०७८ १८:१३

lockdown nuwakot map tws
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि असार १५ गतेसम्मका लागि थपिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी सूचनामा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नुवाकोटमा असार ८ गते राती १२ बजेदेखि असार १५ गते राती १२ बजेसम्म निषेधाज्ञा समय थप गरिएको छ ।

जिल्लामा कोरोना संक्रमण बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार प्रशासनले निषेधाज्ञा एक साताका लागि थप गरिएको जनाएको छ । 

कोभिड व्यवस्थापन अध्यायदेश २०७८ र सङ्क्रमण रोग एन २०२० बमोजिम अत्यावश्यक कार्य बाहेकका कार्य गर्न निषेध गरेको छ । 

आदेश_१.jpg

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top