२०८०, १५ चैत्र बिहीबार

सुबिसुले नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क बढाउँदै

डबली खबर     असार ७ २०७८ १०:३७

Subisu Nokia
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ । १५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्नेछ । अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।

४०० जीबीपीएस सिंगल फाइबर युक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस इन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग दैशभर जडान गरिएको सुविसुले जनाएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेशन भएको कम्पनीको दावी छ ।

सुबिसुका सीईओ बिनय मोहन साउदले नोकियासँग निकै लामो समयदेखि काम गर्दै आएको र यसले गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको बताए ।

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावाले १८३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको बताए ।

नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top