२०८१, १२ बैशाख बुधबार

त्रिशुली अस्पतालको पिसिआर ल्याब उत्कृष्ट

सुनिल श्रेष्ठ     असार ६ २०७८ २१:४४

pcr lab technician of trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली अस्पतालको पिसिआर ल्याबको परीक्षण सेवा उत्कृष्ट सावित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अस्पतालको ल्याबबाट नमुना स्वाब पठाईएकोमा सबै परीक्षणको नतिजा शत प्रतिशत आएकोले नुवाकोट जिल्ला देशभरकै उत्कृष्ट भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए ।

पिसिआर ल्याबका प्रमुख तथा माइक्रो बायोलिस्ट ज्ञानेश्वर थारुका अनुसार जनस्वास्थ्य प्रयोगशालामा १० वटा नमुना स्वाब पठाएकोमा सबै नमुना स्वाबको नतिजा शत प्रतिशत आएको छ । नमुना स्वाब पठाएकोमा प्रयोगशालाको परीक्षण नतिजा र ल्याब नतिजाको रिपोर्ट शतप्रतिशत आएकोले त्रिशुली अस्पतालको पिसिआर ल्याब उत्कृष्ट भएको उनले बताए ।

covid19 lab of trishuli hospital nuwakot
ल्याबमा नमुना स्वाब परीक्षण हुदैं

२०७७ कार्तिक ७ गतेदेखि संचालनमा आएको पिसिआर परीक्षण ल्याबमा हालसम्म १४ हजार ८३६ नमुना स्वाब परीक्षण गरेको छ । यस्तै, ल्याबमा एक हजार ४२ जनाको एन्टीजेन विधीबाट परीक्षण गरिएको छ ।

हाल पिसिआर ल्याबमा नुवाकोट, रसुवा र धादिङका नागरिकहरुको नमुना स्वाब परीक्षण हुदैं आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top