नुवाकोट – तथ्यांकअनुसार सङ्क्रमित हुने भन्दा निको हुने सङ्ख्या बढ्दै गएको छ । विगत २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६१ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।
नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चारहजार ८८३ पुगेको छ । कोरोना निको हुनेको सङ्ख्या तीनहजार ८२८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले गत २४ घण्टामा ४९ पिसिआर र १२ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको जानकारी दिए । जसमा २७ जना पिसिआर र ४ जना एन्टिजन विधिबाट गरिएको परीक्षणबाट ३१ जनाको कोरोना पुष्टि भएको हो ।
असार महिना पहिलो साताको तथ्यांकअनुसार सङ्क्रमित हुने सङ्ख्या ३३३ जना रहेको छ । गत महिनाको सङ्क्रमित र यस महिनाको सङ्क्रमित हुनेबाट निको हुनेमा ४९६ जना रहेको छ । पहिलो सातामा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
हालसम्म १९ हजार ७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल जिल्लामा अस्पतालमा ३४ जना, स्थानीय तहले बनाएको आईसोलेसन सेन्टरमा ४२ जना र होम आईसोलेसनमा ९४१ जना उपचारत रहेका छन् ।
प्रतिक्रिया