२०७८, २७ आश्विन बुधबार

स्व. भरत ढुंगानाले शिलान्यास गरेको धमले-जिलिङ ग्रामीण सडक कालोपत्र

डबली खबर     असार २ २०७८ १६:१५

dhamale jiling road nuwakot dabali khabar
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – बेलकोटगढी नगरपालिकाको “धमले-जिलिङ ग्रामीण सडक” शिलान्यास भएको २२ वर्षपछि कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।

२०५६ सालमा तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति स्व. भरत ढुंगानाले शिलान्यास गरेको यो सडक २२ वर्षपछि कालोपत्र सुरु भएको हो ।

डिजिभन सडक कार्यालयमार्फत संघीय सरकारको १८ करोड रुपैयाँको लगानीमा धमले-जिलिङ ग्रामीण सडक कालोपत्रे सुरु गरिएको हो ।

पासाङल्हामु मार्गको धमले-जिलिङ सडकखण्ड ११ किलोमिटर सडक विस्तारसहित साढे तीन किलोमिटर क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो । कालोपत्रे गरिने सडकको चौडाइ साढे सात मिटर रहेको डिजिभन सडकले जनाएको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Trishuli Web Design Services in Nuwakot
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani


Top